एजेन्सी — इजरायलले गाजा शहरमाथि संभावित आक्रमणको तयारी गर्दै बुधबार करिब ६० हजार सैनिक तैनाथ गरेको छ।
सरकारका प्रवक्ताका अनुसार आगामी दिनहरूमा थप २० हजार सैनिकलाई ड्युटीमा बोलाउने योजना रहेको छ।
सैनिक अभियान तीन चरणमा सञ्चालन गरिनेछ र कुल १ लाख १० हजारदेखि १ लाख ३० हजार रिजर्भिस्टहरूको सहभागिता हुने अनुमान गरिएको छ।
रिपोर्टअनुसार गाजा शहरभित्र १२ वटा ब्रिगेडहरू आक्रमणमा परिचालित हुनेछन्। इजरायली रक्षामन्त्री काट्जले प्रारम्भिक स्वीकृति दिइसकेका छन् र अन्तिम निर्णय सुरक्षा मन्त्रिपरिषद्ले आगामी दिनहरूमा समीक्षा गर्ने अपेक्षा गरिएको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा २२ महिनादेखि चलेको इजरायली आक्रमणमा ६२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। मन्त्रालयले भोकमरीका कारणको मृत्यु दर पनि बढिरहेको जनाउँदै, मंगलबारसम्म कम्तिमा २ सय ६६ जनाको, जसमा १ सय १२ बालबालिका पनि छन्, भोकमरीका कारण मृत्यु भएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया