मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरी टी-२० सिरिजमा दोस्रो जीत दर्ता गर्‍यो

काठमाडौँ – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले बुधबार आफ्नो पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा मात्र १०६ रनमा अलआउट भयो। रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिर र ह्यारी डिक्सनले क्रमशः १८ र १६ रन जोड्न सके।

नेपालका लागि सोमपाल कामीले शानदार प्रदर्शन गर्दै ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट लिए।

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो र २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो। कुशल मल्लले २२ बलमा २९ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाए। लोकेश बम र भीम सार्कीले पनि राम्रो प्रदर्शन गरे ।रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान २-२ विकेट लिए।

नेपालले सुरुवाती तीन खेलमा हार व्यहोरेको थियो। पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। तर मंगलबारको खेलमा होबार्टविरुद्ध ६६ रनले जीत दर्ता गरेको थियो।

यस जितपछि नेपाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। सिरिजको शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्।नेपालको अर्को खेल शुक्रबार पाकिस्तान शाहीन्ससँग हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?