मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कमेडियन भारती सिंहको खुलासा : कलेज जाँदै गर्दा बसमा यौन दुर्व्यवहारको शिकार भएको बताइन्

काठमाडौँ – प्रसिद्ध भारतीय कमेडियन भारती सिंहले कलेज अध्ययनका क्रममा बसमा यात्रा गर्ने क्रममा आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गरेकी छन्।

एक युट्युब शो अन्तर्गत राज शमानीसँगको कुराकानीमा उनले बाल्यकाल र युवावस्थामा भोगेको पीडादायी अनुभव सार्वजनिक गरेकी हुन्।

भारतीले भनिन् कि आर्थिक अवस्था कमजोर हुँदा उनी बिहान ५ बजे चल्ने दूध बोक्नेहरूकै बस चढेर कलेज जान्थिन्। त्यस क्रममा उनी डेढ वर्षसम्म अनावश्यक रूपमा छुइँदै आएकी थिइन्। तर उनलाई त्यतिबेला राम्रो र नराम्रो स्पर्शको भेद थाहा थिएन।

“जब मसँग पैसा थिएन, म हास्य स्किटहरू गर्न कलेज जान्थेँ। त्यतिबेला मलाई थाहा थिएन। आजकाल त बच्चाहरूलाई राम्रो र नराम्रो स्पर्शबारे सिकाइन्छ, तर मलाई कसैले केही बताएन,” उनले भनिन्।

भारतीले थप भनिन्, “ती बसहरू भीडभाडयुक्त हुन्थे। सुरुमा मलाई केही थाहा भएन। जब कसैले मलाई बलियोसँग समात्यो, तब मात्र मैले थाहा पाएँ कि यो असामान्य व्यवहार हो। त्यसबेलासमेत मैले आफैंलाई सम्झाएँ कि सायद उसले ब्यालेन्स गुमाएको हो।”

त्यस घटनाले उनलाई गहिरो असर पारेको बताउँदै भारतीले भनिन् कि उमेर बढ्दै जाँदा मात्र उनले यस्ता व्यवहारलाई चिन्ने र बुझ्ने अवसर पाएकी थिइन्।

“म हुर्कँदै जाँदा मात्रै मैले बुझ्न थालेँ कि के हो राम्रो स्पर्श र के हो नराम्रो स्पर्श। मेरी आमा र दिदीहरूले पनि यस्ता विषयमा कहिल्यै कुरा गरेनन्, शायद लाजका कारण।”

आफ्नो आत्मविश्वासको विकाससँगै भारतीले यस्ता व्यवहारको प्रतिकार गर्न थालेकी थिइन्। उनले भनिन्, “जब मलाई बुझिन थालेपछि, म भित्रको भारती ब्युँझियो। मैले आफूमाथि यस्तो व्यवहार गर्नेहरूलाई कुहिनाले हिर्काएँ। आफूभन्दा ठूला केटाहरूलाई समेत। यद्यपि त्यसपछि मेरा हात काँपिरहेका थिए।”

भारती सिंह हाल भारतको मनोरञ्जन क्षेत्रमा चर्चित नाम हुन्। उनी हर्ष लिम्बाचियासँग विवाह बन्धनमा बाँधिएकी छन् र एक छोरा ‘गोला’की आमा हुन्।

उनको यस कथाले यौन दुर्व्यवहारका घटनाबारे खुलस्त बोल्नुको आवश्यकता र सानैदेखि यस्ता संवेदनशील विषयमा शिक्षा दिनुपर्ने महत्वलाई उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?