काठमाडौं- बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार १ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै, चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ घट्दै २२ सय ५५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया