मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली फिल्म ‘एञ्जिला’ को नयाँ गीत ‘रोधीघर’ सार्वजनिक

काठमाडौं- नेपाली फिल्म ‘एञ्जिला’ को नयाँ गीत ‘रोधीघर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ, जसमा बाल कलाकार ईनोभ गुरुङ र नमिक्षा मगरको आकर्षक अभिनय देख्न सकिन्छ।

भिडियोमा यी दुईले गुरुङ र मगर समुदायको परम्परागत भेषभूषा लगाएर कौडा नृत्य प्रस्तुत गरेका छन्। ईनोभले कार्टुन क्रुजबाट नृत्य प्रशिक्षण लिएका हुन् भने अभिनयका लागि गिरिराज घिमिरेलाई आफ्नो गुरु मान्छन्।

गीत पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने स्वर साहिल लिम्बू र रोजिना बस्नेतले दिएका छन्। संगीत पनि साहिल लिम्बूले नै गरेका छन्।

भिडियो सनम तामाङ र उनकी टिमले खिचेका हुन् र सम्पादन पनि उनीकै हातबाट गरिएको छ। सुमिन गुरुङ, सिबु पाण्डे र चाहना मगरले पनि भिडियोमा अभिनय गरेका छन्।

निर्देशक विजय मगरका अनुसार भिडियो बाल्यकालको प्रेमकथामा आधारित छ। भिडियोमा सुमिन गुरुङ र चाहना मगरलाई रोमान्टिक जोडीको रूपमा प्रस्तुत गरिएको छ भने कोरियोग्राफी सन्जिला सुमित्राले गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?