मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक

काठमाडौं। चलचित्र ‘कोशेढुंगा’ को हृदयस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। रिलिज हुन ९ दिन बाँकी हुँदा राजधानी काठमाडौँमा आयोजित विशेष समारोह मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले चलचित्र सम्बन्ध र जीवनका जटिल भावनात्मक पक्षमा आधारित रहेको संकेत गर्छ। ट्रेलरमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविन खतिवडा, ऋचा शर्मा लगायतका कलाकारहरूलाई देख्न सकिन्छ। थ्रिलर र सस्पेन्स मिश्रित ट्रेलरले दर्शकलाई कथाको रहस्यमा डुबाउने संकेत दिएको छ।

कथाको केन्द्रमा अभिनेत्री सुरक्षा पन्तको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ। आर्थिक अभाव, पारिवारिक विवाद, दाम्पत्य जीवनका उतारचढावदेखि गाउँमै बसेर आत्मनिर्भर बन्न खोज्दा समाजले गर्ने व्यवहारसम्मका यथार्थलाई चलचित्रले समेट्ने संकेत ट्रेलर मार्फत पाइन्छ।

चलचित्रलाई निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन्। पौडेल यसअघि चर्चित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक समेत हुन्। भदौ १२ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारीका रमणीय स्थानमा गरिएको हो।

नरदेवी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘कोशेढुंगा’ का निर्माता प्रेबिल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा आशीष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?