मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रणवीर सिंहको ‘धुरंधर’ को सेटमा ठूलो दुर्घटना, १२० जना अस्पताल भर्ना

काठमाडौँ – रणवीर सिंह अभिनीत बहुप्रतिक्षित बलिउड फिल्म धुरंधर को छायांकनका क्रममा लद्दाखमा एक गम्भीर घटना घटेको छ। सेटमा खाना खाएपछि १२० भन्दा बढी क्रु सदस्यहरू सामूहिक अन्न विषाक्तताको शिकार भएका हुन्।

घटनापछि सबै बिरामीहरूलाई सजल नरबू मेमोरियल (SNM) अस्पताल मा भर्ना गरिएको छ। डाक्टरहरूका अनुसार धेरैजसो बिरामीहरूको अवस्था अहिले स्थिर छ र कतिपयलाई उपचारपछि डिस्चार्ज गरिसकिएको छ। फिल्मको छायांकन हालका लागि स्थगित गरिएको छ।

आइतबार साँझ करिब ६०० सदस्यहरूलाई सेटमा खाना परोसीएको थियो। त्यसपछि कैयौं सदस्यहरूमा पेट दुख्ने, बान्ता र टाउको दुख्ने जस्ता लक्षणहरू देखा परे। स्वास्थ्य अधिकारीहरूका अनुसार घटनालाई सामूहिक फूड पोइजनिङ को रुपमा हेरिएको छ र खाना परीक्षणका लागि नमूना संकलन गरिएको छ।

स्थानीय प्रशासनले घटनापछि अस्पतालमा भिड नियन्त्रण गर्न प्रहरी परिचालन गरेको थियो। अस्पतालको इमर्जेन्सी वार्डमा एकैपटक सयौं बिरामी पुगेपछि व्यवस्थापनमा चुनौती आएको थियो।

धुरंधर मा रणवीर सिंहसँगै सञ्जय दत्त, आर. माधवन, अर्जुन रामपाल, अक्षय खन्ना, सारा अर्जुन र राकेश बेदी मुख्य भूमिकामा छन्। फिल्मको निर्देशन आदित्य धर ले गरिरहेका छन्। चलचित्र ५ डिसेम्बर २०२५ मा रिलिज हुने तयारीमा छ।

फिल्म निर्माण पक्षबाट हालसम्म घटना बारे औपचारिक प्रतिक्रिया आएको छैन। तथापि, फिल्म टिमले छायांकन पुन: सुरु गर्नुअघि सुरक्षाका सबै पक्षको गहिरो समीक्षा गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?