मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निखिल उप्रेतीको ‘आचार्य’ सुटिङ टिम भारततर्फ प्रस्थान

काठमाडौं– अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकनका लागि भारत प्रस्थान गरेका छन् ।

मंगलवार उनले निर्मात्री तथा अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापति, छायांकार मनु बिके र सहायक निर्देशक सयनम अधिकारीसहित पश्चिम बंगालको बाटो लगे ।

भदौ ६ गतेदेखि भारतको डुअर्समा पहिलो चरणको छायांकन सुरु हुने भएको छ । त्यस्तै, सोही सेड्युलमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा समेत खिचाइ हुनेछ । दोस्रो चरण मुम्बई, नासिक र झारखण्डमा र अन्तिम चरण नेपालमा गर्ने तयारी भएको निर्देशक उप्रेतीले बताए । ६० दिनभित्र सम्पूर्ण छायांकन सक्ने लक्ष्य राखिएको छ ।

फिल्ममा निखिलसहित पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका कलाकार अभिनय गर्नेछन् । साथै बलिउड र दक्षिण भारतीय केही चर्चित कलाकार पनि जोडिने संकेत गरिएको छ ।

यसै फिल्ममार्फत सञ्चिता लुइँटेलले कोरियोग्राफीमा डेब्यू गर्ने भएकी छन् । नेपाली र हिन्दी भर्सनको एक गीतमा उनी कोरियोग्राफी गर्नेछिन् । निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्म बनाउने दाबी गरेका छन् ।

उनको निर्देशनमा यसअघि २०१५ मा ‘भैरव’ रिलिज भएको थियो । ‘आचार्य’ उनको दोस्रो निर्देशन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?