काठमाडौं- नेपाली महिलाको प्रमुख पर्व तीजलाई सांगीतिक माध्यममार्फत जीवित राख्दै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’ यस वर्ष १२औं संस्करणमा प्रवेश गरेको छ । आयोजक संस्थाले आइतबार एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि विभिन्न १६ विधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको छ।
नेपाली लोकसंस्कृति र मौलिकतालाई प्रोत्साहन दिने उद्देश्यसाथ आयोजना हुँदै आएको यो अवार्ड, पछिल्लो समयमा तीज गीतमा बढ्दो अश्लीलता र भड्किलोपनका आलोचना बीच पनि मौलिकता जोगाउने अभियानमा निरन्तर छ।
आगामी भदौ ६ गते राजधानीको धुम्बाराहीस्थित लेभिस गार्डेनमा हुने कार्यक्रममा उत्कृष्ट मनोनयनमा परेका श्रष्टा, सर्जक, गायक–गायिका र कलाकारहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ।
उत्कृष्ट ५ मनोनयनमा परेका केही प्रमुख विधाहरू यसप्रकार छन्:
१. उत्कृष्ट तीज गीत एरेन्जर:
श्यामश्वेत रसाइली (न त बने हिरोइन), सञ्जय श्रीपाल (शिरफूल हरायो रे), पवन विश्व (नजिक नजिक सरन), विपिन आचार्य (आइपुग्यो तीज), नरेन्द्र वियोगी (बामरी बसायो)
२. उत्कृष्ट तीज गीत ध्वनी मिश्रण:
कुमार राना, सञ्जय श्रीपाल, खड्ग बाजुराली, विपिन आचार्य, मनोज परियार
३. उत्कृष्ट तीज गीत छायांकार:
सरोज शाही, बुद्ध थापा, आरडी दुलाल, नवराज उप्रेती, मुकेश हुमागाई
४. उत्कृष्ट तीज गीत सम्पादक:
अमृत चापागाई, राजेश कुमार, नवीन घर्ति मगर, मिलन विश्वकर्मा, सुजन कोइराला
५. उत्कृष्ट तीज गीत मोडल (पुरुष):
राजन अधिकारी, शंकर बी.सी, सञ्जय बुढाथोकी, भुवन के. पोखरेल, जी.भी. चिरन
६. उत्कृष्ट तीज गीत मोडल (महिला):
यशु भट्टराई, निरुता शाही, नीति शाह, स्मारिका ढकाल, अञ्जलि अधिकारी
७. उत्कृष्ट तीज गीत नृत्य निर्देशक:
सञ्जय विश्वकर्मा, सुनील क्षेत्री, सुरेन्द्र बसेल, केशव राज भट्ट, श्रीजन बराल ऋषि
८. उत्कृष्ट तीज गीत भिडियो निर्देशक:
गम्भीर बिष्ट, नीतिन चन्द, जेरी भण्डारी, श्रीजन बराल ऋषि, शंकर बी.सी
९. उत्कृष्ट तीज गीत शब्द:
डीपी खनाल, जनक रावल, नेत्र अर्याल, श्रीकृष्ण वम मल्ल, शुष्मा देवकोटा
१०. उत्कृष्ट तीज दोहोरी गीत गायिका/गायक तथा युगल गायन लगायतका विधामा समेत थुप्रै कलाकारहरूको सशक्त उपस्थिति देखिएको छ।
त्यस्तै, उत्कृष्ट दोहोरी, युगल गायन लगायतका विधामा समेत धेरै कलाकारहरूको सशक्त उपस्थिति देखिएको छ। आयोजकले सबै मनोनयनमा परेका कलाकारहरूलाई बधाई दिँदै नेपाली मौलिक गीत–संगीतको संरक्षण र प्रवर्द्धनका लागि यस्ता अवार्ड कार्यक्रमहरूको महत्व अपरिहार्य हुने उल्लेख गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया