मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जेलेन्स्कीले चाहेमा युद्ध अन्त्य गर्न सक्नुहुन्छ : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चाहे युद्ध तुरुन्तै रोक्न सकिने वा निरन्तर लड्न सकिने टिप्पणी गरेका । जेलेन्स्कीलाई भेट्नुअघि ट्रम्पले सन् २०१४ मा ओबामा प्रशासनकालमा भएको क्रिमियाको विलय स्मरण गर्दै युक्रेनलाई नाटोमा प्रवेश नगर्ने विषयलाई पुनः जोड दिए।

उहाँले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भने, “क्रिमिया कहिल्यै फर्किने छैन, युक्रेन नाटोमा पनि प्रवेश गर्ने छैन, केही कुरा स्थायी हुन्छन्, बदलिँदैनन् ।”

जेलेन्स्कीले भने वासिङ्टन आइपुगेपछि अघिल्ला भूमि गुमाउन बाध्य पारिएको स्मरण गर्दै भने, “अब हामी कुनै पनि भूभाग त्याग्दैनौँ । युक्रेनी जनता स्वतन्त्रता र भूमिको लागि लडिरहेका छन् । हाम्रो सेना डोनेट्स्क र सुमीमा सफल भएको छ ।”

ट्रम्प र जेलेन्स्कीबीचको भेट ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको तीन घण्टे उच्चस्तरीय वार्तापछि हुँदैछ । सो वार्तापछि ट्रम्पले “रुस–युक्रेन युद्ध अन्त्य गर्ने सबैभन्दा उचित बाटो स्थायी शान्ति सम्झौता हो, केवल अस्थायी युद्धविराम होइन” भन्ने धारणा सार्वजनिक गरेका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुवै पक्षलाई सहमत बनाउन कठिनाइ भए पनि निरन्तर संवाद भइरहेको बताएका छन् । उनले “रुसले अस्वीकार्य माग राखिरहेको छ र युक्रेनले छोड्न नसकिने मुद्दामा अडान लिएको छ” भन्दै अमेरिकाले दबाब नदिने स्पष्ट गरे ।

यसैबीच फ्रान्स, जर्मनी, बेलायत, इटाली र फिनल्यान्डका नेतासहित युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र नाटो महासचिव मार्क रुट वासिङ्टन बैठकमा सहभागी हुने भएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मेर्ज र बेलायती प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई न्यायपूर्ण र स्थायी शान्ति दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघि ट्रम्पका दूत स्टिभ विटकफले पुटिनले अमेरिकी सुरक्षा ग्यारेन्टी दिने र सम्भावित शान्ति सम्झौतामा ‘भूमि विनिमय’ सम्भावना खुला रहेको संकेत गरेका थिए । तर यसबारे मस्कोले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?