मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एकादशीमा के गर्ने ? के नगर्ने ? जान्नुहोस् नियम

काठमाडौं- हिन्दू धर्ममा पवित्र मानिने अजा एकादशी यस वर्ष भदौ महिनाको कृष्णपक्षमा परेको छ। भगवान विष्णुलाई समर्पित यस व्रतलाई पाप नाश र मोक्ष प्राप्तिका लागि विशेष रुपमा पालना गरिन्छ।

पञ्चाङ्गअनुसार अजा एकादशी तिथि १८ अगस्ट साँझ ५:२२ बजे सुरु भई १९ अगस्ट दिउँसो ३:३२ बजे सम्म रहनेछ। उदयतिथिअनुसार यस वर्ष व्रत १९ अगस्टमा पालना गरिनेछ भने पारण २० अगस्ट बिहान ५:३५ देखि ८:२९ बजेसम्म गर्ने उल्लेख छ।

एकादशीमा गर्नुपर्ने कार्य

  • निर्जला, सजल वा फलाहारी व्रत बस्ने।
  • भगवान विष्णुको पूजाअर्चना, मन्त्रजप र आरती गर्ने।
  • भगवद्गीता वा भागवत पुराणको पाठ गर्ने।
  • अनाज, कपडा वा अन्य सामग्री दान गर्ने।
  • तुलसीको पूजा गरी दीप प्रज्वलन गर्ने।
  • रात्रिभर भजन–कीर्तन गर्दै जागरण गर्ने।

एकादशीमा नगर्नुपर्ने कार्य

  • चामल, मासु, मदिरा वा नशालु पदार्थ सेवन नगर्ने।
  • राति निदाउनेभन्दा भगवानको भजन–कीर्तन गर्ने।
  • क्रोध, झूट र निन्दाबाट टाढा रहने।
  • कपाल धुने वा दाह्री फाल्ने नगर्ने।

धार्मिक विश्वासअनुसार अजा एकादशीको विधिपूर्वक पालन गर्दा पाप क्षय भई मोक्ष प्राप्त हुने मान्यता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?