काठमाडौँ- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । यससँगै सोमबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आइतबार प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया