काठमाडौं। नेपाली फिल्म उद्योगमा प्रेम, विवाह र सामाजिक सम्बन्धको कथालाई केन्द्रित गर्दै निर्माण भएको फिल्म मेरो जुत्ता खोइ ले नयाँ गीत दिलको ढोका खोलेर सार्वजनिक गरेको छ।
गीतको भिडियोलाई निर्माण टिमले सार्वजनिक गर्दै राजेश पायल राई र मेलिना राईको स्वरमा तयार गीतलाई दर्शकसामू ल्याएको छ।
फिल्ममा व्यक्तित्वपूर्ण कलाकारहरूको उपस्थितिले कथा अझ जीवन्त बनाएको छ। कुमार केसीको निर्देशनमा तयार फिल्ममा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना सिवाकोटी, लानाम डोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी र पिटर खवासले अभिनय गरेका छन्।
गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ। भिडियोमा प्रमुख कलाकारहरूको भावनात्मक अभिव्यक्ति र कमल राईको कोरियोग्राफीले दर्शकलाई गीतसँग जोड्ने काम गरेको छ।
निर्माण पक्षका अनुसार, गीत र फिल्म दुवैले सामान्य सामाजिक जीवन र मानिसबीचको सम्बन्धलाई उजागर गर्ने उद्देश्य राखेका छन्। फिल्मका निर्माता दर्पण क्षेत्री, प्रस्तुतकर्ता अभय अधिकारी तथा निर्मातामा प्रितम मुखिया र अभय अधिकारी रहेका छन्। कार्यकारी निर्माता रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) हुन्।
मेरो जुत्ता खोइ को भिडियो तथा ट्रेलरमा कलर ग्रेडिङ र सम्पादन निशान तामाङ र सन्देश शाहले गरेका छन् भने ‘लडाइँ’ निर्देशन सन्तोष खवासले गरेका छन्। पृष्ठभूमि संगीत अलीश कार्कीको रहेको छ। निर्माण टिमले फिल्मलाई निकट भविष्यमै देशभर प्रदर्शनका लागि तयार गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया