काठमाडौं- अभिनेता पल शाह अभिनीत फिल्म मोहर ले प्रदर्शनको १० दिनमै ३ करोड ७ लाख रुपैयाँ ग्रस कमाइ गर्दै बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ।
आइतबार अपराह्न ४:१५ बजेसम्मको कलेक्सनमा दोस्रो सप्ताहन्तको कमाइ समेत समावेश छ। करीब १ करोड ८६ लाख रुपैयाँ बजेटमा बनेको फिल्मले हलबाट मात्र लगानी उठाउन करिब ४ करोड रुपैयाँ कमाउनुपर्ने भए पनि अन्य विन्डोमार्फत लागत सुरक्षित भइसकेको जनाइएको छ।
विहीबारदेखि प्रदर्शनमा आएका बलिउड फिल्म वार २ र कुलीले मोहरको कमाइमा खासै प्रभाव पार्न सकेका छैनन्। दोस्रो सप्ताहन्तसम्मको कमाइलाई समीक्षकहरूले निकै सकारात्मक मानिरहेका छन्।
यसले मुख्य कलाकार पल शाह, नीति शाह र बेनिशा हमाललाई राहत दिएको छ भने, निर्देशक ओम प्रतीकको कमब्याक पनि सफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया