मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रुति हासनलाई ‘कुली’ प्रिमियरमा रोक्दा भाइरल भयो भिडियो, भनिन् : “म फिल्मकी हिरोइन हुँ, जान देऊ”

काठमाडौँ – सुपरस्टार रजनीकान्त र अभिनेत्री श्रुति हासन अभिनीत फिल्म ‘कुली’ ले बक्स अफिसमा तहल्का मच्चाइरहँदा, अभिनेत्री श्रुति हासनसँग प्रिमियरका दौरान घटेको एउटा अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भएको छ।

चेन्नईमा आयोजित फिल्मको प्रिमियर शोमा सहभागी हुन पुगेकी श्रुति हासनलाई सुरक्षा गार्डले थिएटर प्रवेशमा रोक्दा केहीबेर हलचल सिर्जना भएको थियो। अभिनेत्रीले आफू फिल्मकी मुख्य कलाकार भएको बताउँदै गार्डसँग अनुरोध गरेकी थिइन्— “म एक अभिनेत्री हुँ सर, कृपया मलाई जान दिनुहोस्।” यो दृश्य अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ।

थिएटरका मालिक राकेश गौतम ले उक्त घटना समेटिएको भिडियो आफ्नो एक्स (पूर्व ट्विटर) खातामा सेयर गरेका छन्। उनले लेखेका छन्, “हाम्रो स्टाफ आफ्नो कर्तव्यमा निकै वफादार छन्।

कार्यक्रममा सामेल भएकोमा धन्यवाद। आशा छ तपाईंलाई मन पर्यो।” भिडियोमा अभिनेत्री श्रुति हासनलाई सुरक्षा गार्डले पहिचान नगरेपछि रोकेको देखिन्छ, जसलाई लिएर कारमा बसेका उनका साथीहरूले पनि हाँसो ठट्टा गरेका थिए।

रजनीकान्तको ‘कुली’ गत अगस्ट १४ मा सिनेमाघरमा रिलिज भएको हो। श्रुति हासनले फिल्ममा रजनीकान्तकी छोरीको भूमिका निर्वाह गरेकी छन्। फिल्ममा उनीप्रति दर्शकको प्रतिक्रिया निकै सकारात्मक छ।

बक्स अफिस रिपोर्ट अनुसार, निर्देशक लोकेश कनागराज निर्देशित यस फिल्मले रिलिजको ३ दिनमै १५९.५२ करोड रुपैयाँ कमाइसकेको छ। समीक्षक र दर्शक दुवैले फिल्मको कथा, निर्देशन र कलाकारहरूको अभिनयको प्रशंसा गरिरहेका छन्।

श्रुति हासनलाई प्रिमियरमा रोकिएको घटनालाई लिएर फ्यानहरूले सुरक्षा गार्डको कडाइलाई व्यावसायिक धर्म मान्दै सकारात्मक प्रतिक्रिया दिएका छन्, भने अभिनेत्रीको शालीन व्यवहारको पनि प्रशंसा गरेका छन्।

फिल्मको सफलता र श्रुति हासनको भाइरल भिडियोले ‘कुली’लाई अझ बढी चर्चामा ल्याएको छ। अब फिल्मले आगामी दिनहरूमा कस्तो व्यापार गर्छ भन्नेबारे चासो थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?