काठमाडौँ- अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा बन्ने नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा मुख्य भूमिकामा रेखा थापा र पूजा शर्मा देखिएका छन्। प्रहरीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको दृश्य पोस्टरमा समेटिएको छ। रेखाको अनुहारमा विजयको भाव छ भने पूजाको अनुहारमा अझै चुनौतीपूर्ण अभिव्यक्ति झल्किन्छ।
फिल्ममा दुई महिला पात्रबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको छ। फ्लोरमा जानु अघि सार्वजनिक गरिएको पोस्टरले दर्शकहरूको उत्सुकता बढाएको छ।
सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारदेखि छायांकनमा जानेछ। निर्माण पक्षले अन्य कलाकार र प्राविधिक टोलीबारे जानकारी हाल खुलाएको छैन। फिल्ममा रेखाको जोडी महेश त्रिपाठी सँग बाँधिनेछ भने पूजाको जोडी पुष्प खड्का सँग देखाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया