मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नागढुंगा सुरुङमार्गको दस्तुर तोकियो

काठमाडौं- सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्गको प्रयोगका लागि दस्तुर दर तय गरेको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो।

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।

कार र भ्यान काठमाडौं आउँदा ६५ तथा जाँदा ६० रुपैयाँ तोकिएको छ। 

मिनीबस र मिनीट्रकका लागि काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ दस्तुर कायम गरिएको छ। ठूला बस र ट्रकको हकमा जाँदा २६० र आउँदा २०० रुपैयाँ राखिएको छ। भारी उपकरणको हकमा आउँदा ६ सय र जाँदा २५० रुपैयाँ राखिएको छ। 

यस बैठकमा नागढुंगा सुरुङमार्गको दस्तुर निर्धारणसहित अन्य १८ वटा निर्णयसमेत गरिएको सरकारको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?