मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जेरी अन टप’को गीत छायांकन जयपुरमा सम्पन्न

काठमाडौं – तिहारको अवसर पारेर असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’को गीत छायांकन भारतको राजस्थानस्थित जयपुरमा सम्पन्न भएको छ। निर्माता, निर्देशक र कलाकारसहितको टिम अहिले जयपुरमा गीतका दृश्य खिच्न व्यस्त रह्यो।

निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मासहितको टोली कथाको मागअनुसार रोमान्टिक दृश्य खिच्न भारत पुगेको थियो। एक गीतको छायांकन सकेपछि टोली शनिबार नेपाल फर्किनेछ।

अनन्या फिल्म्स प्रालीको ब्यानरमा बनेको यो फिल्मको पोस्टर केही हप्ता अघि सार्वजनिक भइसकेको छ र प्रचार–प्रसार पनि तीव्र गतिमा भइरहेको छ। ‘जेरी अन टप’ असोज ३१ मा नेपालभर सोलो रिलिज हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, सुरक्षा पन्त र उषा खड्कीको पनि मुख्य भूमिका छ। निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी छ भने कार्यकारी निर्मातामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ छन्।

हेमराज बिसीको कथा रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन रहेको छ।

हङकङको एलजी एसोसिएट्सले (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?