मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युनिसेफद्वारा २०० अफगान किशोरीलक्षित व्यावसायिक तालिम सुरु

काठमाडौँ – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले औपचारिक शिक्षाबाट वञ्चित रहेका अफगान किशोरीलाई सशक्त बनाउने उद्देश्यले हेरात प्रान्तमा २०० किशोरीहरुको लागि व्यावसायिक प्रशिक्षण कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

खामा प्रेसले रिपोर्ट गरे अनुसार छ महिनाको कार्यक्रममा सहभागीहरू १५ देखि २५ वर्ष उमेर समुहका किशोरीहरु छन्, जसले अफगानिस्तानमा औपचारीक शिक्षाबाट वञ्चित युवाहरूको प्रतिनिधित्व गर्दछ ।

जापानसँगको साझेदारीमा आयोजना गरिएको यस कार्यक्रमले सिलाई तथा गलैँचा बुनाईको प्रशिक्षण प्रदान गर्नेछ । कार्यक्रमको उद्देश्य उनीहरूको जीविकोपार्जन र स्वतन्त्रतालाई समर्थन गरी व्यावहारिक सीपहरूको वृद्दि गर्नु रहेको युनिसेफले जनाएको छ ।

खामा प्रेसले युनिसेफलाई उद्धृत गर्दै भनेको छ, “तालिबानले बिशोरीेहरूको शिक्षामा प्रतिबन्ध लगाएदेखि १० लाखभन्दा बढी छात्राहरू विद्यालय जान असमर्थ हुँदा गम्भीर शिक्षा सङ्कट सिर्जना गरेको छ ।”

हरेक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको उद्देश्य विश्वव्यापी रूपमा युवा अधिकार र अवसरहरूको प्रवद्र्धन गर्नु हो । लाखौँ अफगान युवाहरूले प्रतिबन्धित शिक्षा, उच्च बेरोजगारी र सीमित व्यक्तिगत स्वतन्त्रताको सामना गर्नुपरेको कारण यस वर्षको पर्व मनाइएको कुरा खामा प्रेसले उल्लेख गरेको छ ।

प्रशिक्षण कार्यक्रमले अफगान किशोरीहरूलाई चलिरहेको प्रतिबन्धहरूको बाबजुद रोजगार योग्य सीपहरू प्राप्त गर्ने दुर्लभ अवसर प्रदान गर्ने जनाइएको छ ।

खामा प्रेसले उद्धृत गरेका पर्यवेक्षकहरूले अफगानिस्तानको युवा पुस्ताका लागि आशा र अवसरको संरक्षणका लागि त्यस्ता पहलहरू महत्वपूर्ण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?