मुम्बई- बलिउड फिल्म ‘जोली एलएलबी ३’ को टिजर सार्वजनिक भएको छ, जसमा यस पटक अक्षयकुमार र अर्शद वारसी दुवैलाई देख्न सकिन्छ। टिजरअनुसार उनीहरू एकअर्काविरुद्ध कोर्टरुममा प्रतिष्पर्धा गर्नेछन्।
सार्वजनिक टिजरमा अक्षय र अर्शदसँगै सौरभ शुक्ला पनि देखिएका छन्। कोर्टरुममा आधारित कथावस्तु भएको टिजर निकै रोचक बनेको छ। सुभाष कपुरको निर्देशनमा बनेको यो फिल्म आउँदो सेप्टेम्बर १९ मा रिलिज हुने तय भएको छ।
यसमा अक्षयकुमार र अर्शद वारसीसँगै हुमास कुरेशी र अमृता राव पनि मुख्य भूमिकामा देखिनेछन्। फिल्मलाई लिएर दर्शकहरू निकै उत्साहित छन् र यसको प्रतीक्षामा छन्।
‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो भागका रूपमा आएको यो फिल्मको पहिलो भाग सन् २०१३ मा र दोस्रो भाग सन् २०१७ मा रिलिज भएको थियो। करिब आठ वर्षपछि तेस्रो भाग रिलिज हुन लाग्दा यो पटक दुवै जोली एकैसाथ पर्दामा देखिन लागेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया