मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भर्जिनीयामा तीज विशेष शोमार्फत ‘सतीदेवी’ प्रदर्शन हुने

काठमाडौं– नारीप्रधान नेपाली चलचित्र ‘सतीदेवी’ आउँदो शनिबार (साउन ३१ गते / अगस्त १६) अमेरिकाको भर्जिनीयामा विशेष शोमार्फत प्रदर्शन हुने भएको छ।

तीज पर्वको अवसरमा नारी सम्मानार्थ सो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक पुष्कर पन्तले जानकारी दिएका छन्।अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका साथै नेपाली चलचित्र निर्माण, कलाकारिता र समाजसेवामा सक्रिय पन्तका अनुसार ‘सतीदेवी’ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थुप्रै अवार्ड जितिसकेको चर्चित र उत्कृष्ट फिल्म हो।

“मौलिक र पारिवारिक चलचित्रलाई प्रोत्साहन दिनुका साथै नेपाली कला, संस्कृति र मौलिकता जोगाउन यो शो आयोजना गरिएको हो,” पन्तले भने।

एभरेष्ट सूर्य बोहरा निर्देशित ‘ठूली’ का निर्माता समेत रहेका पन्तले आफू पनि ‘सतीदेवी’ हेर्न उत्साहित रहेको जनाए।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र अवार्ड–०८० मा विशेष चलचित्र पुरस्कारसहित एक दर्जनभन्दा बढी अवार्ड जितिसकेको ‘सतीदेवी’ को लेखन, निर्माण र निर्देशन लक्ष्मण सुवेदीले गरेका हुन्। फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बाल कलाकार हर्षिका वली र मञ्जिला बानीयाँलगायतको अभिनय छ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी, क्यालिफोर्नियासँग सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा बनेको यस फिल्मका निर्मातामा दिलासा सुवेदी, सारा सुवेदी, श्रीदेवी सुवेदी र बिशाल सुवेदी रहेका छन्। निर्देशक सुवेदीका अनुसार भर्जिनीयापछि अन्य अमेरिकी स्टेटहरूमा पनि ‘सतीदेवी’ को विशेष शो आयोजना गर्ने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?