मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमाको थरका आधारमा नागरिकता लिन पाउने व्यवस्था सहित नागरिकता विधेयक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले जबर्जस्ती करणीबाट जन्मिएका, बुवाको नाम थाहा नभएका वा खुलाउन नचाहने व्यक्तिहरूको नागरिकता अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ ल्याइएको बताएका छन्।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले आमाको थरका आधारमा यस्ता सन्तानले नागरिकता लिन सक्ने व्यवस्था गरिएको स्पष्ट पारे।

उनका अनुसार वैदेशिक रोजगार वा अन्य कारणले विदेशमा गर्भाधान भई नेपाली आमाबाट नेपालमै जन्मिएका सन्तानलाई पनि नागरिकता दिने बाटो खुला हुनेछ।

तर, त्यसका लागि बाबुको अन्य पहिचान नखुलेको र सम्पर्कमा नरहेको भनी सन्तान र आमाले तोकिएबमोजिम स्वघोषणा गर्नुपर्ने प्रावधान रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?