काठमाडौं- निर्देशक प्रदीप शाहीको नेपाली फिल्म अन्तिम संस्कार अब अमेजन प्राइममार्फत दर्शकले हेर्न सक्ने भएका छन्।
नेपालका हलहरूमा प्रदर्शनका क्रममा औसत व्यवसाय गरेको यो फिल्मलाई समीक्षकहरूले भने सकारात्मक प्रतिक्रिया दिएका थिए।
फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, बिकाश अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्यलगायत कलाकारको अभिनय समावेश छ।
शाहीको पहिलो फिल्म 1915: लेजेन्ड अफ गोर्खाज पनि अमेजन प्राइममा उपलब्ध छ भने उनको तेस्रो फिल्म एक्लो अहिले सम्पादनको अन्तिम चरणमा पुगेको छ।
साई प्रोडक्सन नेपाल र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा बनेको अन्तिम संस्कारमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।
विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित छ, जसमा ‘मर्डर मिस्ट्रि’को रोचक पाटो पनि समावेश गरिएको छ। फिल्मको छायांकन बाबु श्रेष्ठले र सम्पादन रुपेश गुरुङले गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया