मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अश्लील गीतप्रति माफी माग्दै गायक करण औजला र हनी सिंह, महिला आयोगमा गैरहाजिर

काठमाडौँ – पछिल्ला गीतहरूमा अश्लील र आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा पञ्जाब राज्य महिला आयोगले पठाएको नोटिसपछि गायक करण औजला र योयो हनी सिंहले माफी मागेका छन् । तर, आयोगको समन्वयमा सोमबारको तय मितिमा उनीहरू उपस्थित भएनन् ।

पञ्जाब राज्य महिला आयोगले औजलाको ‘एमएफ गब्रु’ र हनी सिंहको ‘मिलियनेयर’ गीतमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै अगस्ट ११ मा आयोगको कार्यालयमा उपस्थित हुन भनिएको थियो । तर, दुवै गायक हाल विदेशमा रहेका कारण आयोगमा गैरहाजिर भएका हुन् ।

आयोगकी अध्यक्ष राज लाली गिलले फोनमार्फत गायकहरूसँग कुराकानी भएको जानकारी दिँदै उनीहरूले माफी मागेको बताइन् । गायकहरूले आपत्तिजनक शब्द हटाउने प्रक्रिया सुरु भएको जानकारी पनि गराएका छन् ।

महिला आयोगले यस विषयमा पञ्जाब प्रहरी महानिदेशक गौरव यादवलाई पत्र लेख्दै घटनाको छानबिन गर्न र कानूनअनुसार कारबाही अघि बढाउन आग्रह गरेको छ । आयोगले तीन दिनभित्र छानबिन प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको छ ।

आयोगले यस्ता अभिव्यक्तिमाथि नियन्त्रण गर्नका लागि राज्य वा केन्द्र सरकारले स्पष्ट कानुनी प्रावधान ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?