काठमाडौँ – रेडक्रसकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘रेडक्रसका चम्किला तारा’ कृतिको लोकार्पण गरिएको छ । २८८ पृष्ठको सो कृतिमा नेपाल रेडक्रस सोसाइटीमा योगदान दिएका स्वदेशी तथा विदेशी ५३ जना अग्रजहरूको जीवनी समेटिएको छ ।
लोकार्पण समारोहमा कृतिकार पुष्पराज पौडेलले आफूले नेपाल रेडक्रसमा रहेर लामो समय सेवा गर्ने अवसर पाएको र केही समयदेखि यस प्रकारको कृति लेख्ने आफूमा हुटहुटी बढेको बताए ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलगायतले उक्त कृतिको लोकार्पण गरे । कृतिमाथि वरिष्ठ साहित्यकार एवं समीक्षक हरिहर अधिकारी तथा दिव्यराज पौडेलले समीक्षा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया