मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सम्बन्धमा ‘प्रेम’ हराउँदै गएको ६ महत्वपूर्ण सङ्केत कसरी थाहा पाउने ?

काठमाडौँ – प्रेममा माया, समझदारी र नजिकको भावना कम हुँदै गएको संकेतहरूलाई बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ। धेरैजसो जोडीहरूमा समयसँगै सम्बन्धको चमक केही कम हुने गर्छ, तर के यो सामान्य हो या प्रेममा समस्या आइरहेको छ?

यदि तपाईं पनि आफ्नो सम्बन्धमा केही खटपट महसुस गर्दै हुनुहुन्छ भने यी ६ संकेतलाई ध्यान दिनुहोस्:

१. कुराकानीको अभाव – दैनिक ‘कस्तो छ?’ वा ‘खानुभयो?’ भन्दा बढी गहिरो संवाद नभएमा र सँगै हुँदा पनि मौनता रहने हो भने, सम्बन्ध कमजोर हुँदै गएको बुझ्न सकिन्छ।

२. झगडा र विवादमा वृद्धि – सानातिना विषयमा बारम्बार विवाद हुनु र तितोपन बढ्नु प्रेम घटेको संकेत हो।

३. संगै समय बिताउन मन नलाग्नु – पार्टनरले सँगै समय बिताउन टाढा रहनु वा अरूमा व्यस्त हुनु प्राथमिकतामा परिवर्तन भएको देखाउँछ।

४. एकअर्काको वास्ता नगर्नु – स्वास्थ्य, रुचि र मनपर्ने कुरामा अरूको ध्यान नदिनु प्रेम कम भएको सङ्केत हो।

५. भविष्यका योजना नगर्नु – सँगै भविष्यको योजना नबनाउनु, जस्तै घुम्ने वा परिवार विस्तारको कुरा नगर्नु प्रेम घटेको सङ्केत हो।

६. शारीरिक दूरी बढ्नु – हात समात्ने, अँगालो हाल्ने जस्ता सानातिना शारीरिक सम्पर्कमा कमी आउनु प्रेमको अभाव हो।

सम्बन्धलाई नयाँ जिवन्तता दिन यी समस्याहरूलाई बेवास्ता नगर्नु जरुरी छ। समयमै सचेत भएर संवाद, समझदारी र प्रेम कायम राख्न प्रयास गर्नुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?