काठमाडौँ- सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १,१०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको १ लाख ९९ हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार घटेर तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा २,३३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार तोलामा २,३१५ रुपैयाँ कायम भएको छ। यसले बजारमा सुनचाँदीको माग र आपूर्तिमा केही प्रभाव पर्ने अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया