काठमाडौँ – भारतीय टेलिभिजनको लोकप्रिय क्विज रियालिटी शो ‘कौन बनेगा करोडपति’ (केबीसी) को सिजन १७ केही दिनमै दर्शकमाझ आउने तयारीमा छ। यस सिजनलाई पनि चर्चित अभिनेता अमिताभ बच्चनले होस्ट गर्नेछन्।
अमिताभले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत केबीसीको छायांकन सुरु भएको जानकारी दिएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, “काममा पुगियो; नयाँ दिन, नयाँ अवसर, नयाँ चुनौतीहरू। प्रणाम।”
शोको पहिलो एपिसोड ११ अगस्ट, अर्थात् साउन २६ मा सोनी टिभीमा प्रिमियर हुनेछ। कार्यक्रम सोमबारदेखि शुक्रबारसम्म राति ९ बजे प्रसारण हुने जनाइएको छ।
अमिताभ बच्चनले आफ्नो अनुपम प्रस्तुति र प्रतिभाशाली प्रस्तुतीकरणका कारण यस शोमा विशेष पहिचान बनाएका छन्। उनले पछिल्लो समय ‘कल्की २८९८ एडी’ जस्तो सफल फिल्ममा अभिनय गरिसकेका छन् र अब केबीसीमार्फत फेरि आफ्नो जादु देखाउने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया