मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मोहर’लाई दर्शकको तारिफ, व्यापार बढ्ने संकेत

काठमाडौँ- फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म मोहर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।

रिलिजको पहिलो दिनदेखि नै फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै बलियो ‘वर्ड अफ माउथ’ सिर्जना गरेको छ । बिहान औसत अकुपेन्सीबाट सुरु भएको व्यापार, उत्कृष्ट प्रतिक्रियापछि बढ्ने विश्वास निर्माता तथा वितरक करण श्रेष्ठले व्यक्त गरेका छन् ।

चुम्बन जंग शाही निर्माताको रूपमा संलग्न यस फिल्ममा ओम प्रतिकले लेखन र निर्देशन दुवै जिम्मा सम्हालेका छन् । पल शाह, बेनिशा हमाल र नीति शाहको प्रेमकथा तथा देउकी प्रथाको विषयवस्तुले दर्शकको मन जितेको देखिन्छ ।

काठमाडौंमा आयोजित विशेष शोमा अधिकांश पत्रकार र दर्शकले मोहर अपेक्षा भन्दा उत्कृष्ट बनेको प्रतिक्रिया दिए । सकारात्मक समीक्षाले नायक पल शाहलाई भावुक बनाएको छ । बीग मुभिजमा दर्शकसँग भेटिँदै उनले भने, “अहिले म बोल्न सकिरहेको छैन । कलाकारका लागि बलियो टिम हुनु आवश्यक हुन्छ । यसपालि हामीले निकै मिहिनेत गरेका थियौं र प्रतिक्रियाबाट त्यो मिहिनेत सफल भएको महसुस भएको छ ।”

नायिका नीति शाह पनि दर्शकको प्रतिक्रिया सुनेर भावुक भइन् । अघिल्ला फिल्ममा आलोचना भोगेकी उनले यसपटक भने प्रशंसा पाएकी छिन् । उनले भनिन्, “मैले यसै क्षेत्रमा केही गर्नुपर्छ भनेर सोचेकाले निरन्तर मिहिनेत गरिरहेकी छु ।”

यस्तै, नायिका बेनिशा हमालको अभिनयले पनि प्रशंसा पाइरहेको छ । उनले दर्शकको प्रेम र प्रतिक्रियाले आफू भावुक भएको सुनाइन् । निर्माता चुम्बन जंग शाहीले पनि फिल्मको व्यापार आगामी दिनमा थप उकालो लाग्ने विश्वास व्यक्त गरे ।

मोहरमा पल शाह, नीति शाह, बेनिशा हमालसँगै अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । देउकी प्रथामा आधारित भए पनि त्रिपक्षीय प्रेमकथाले दर्शकलाई बाँधेर राख्ने निर्माणपक्षको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?