मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

रसुवा – गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले छ जना एमविविएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पु¥याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् ।

सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?