काठमाडौँ- गायक अर्जुन सापकोटाले आफ्नो नयाँ तीज गीत ‘के जन्मिएँ खै?’ सार्वजनिक गरेका छन्। बिहीबार साँझ सार्वजनिक गरिएको उक्त गीतमा अर्जुनको एकल स्वर रहेको छ।
तीजको अवसर पारेर ल्याइएको यो गीत रमाइलो शैलीमा तयार गरिएको छ। भिडियोमा अर्जुन स्वयंले अभिनय तथा नृत्य गरेका छन् भने उनलाई शिवु पाण्डे, कविता न्यौपाने, दीपा सिंखडा, जुना विश्वकर्मा, दिपा शाही र रेकिशा खत्रीले साथ दिएका छन्।
गीतको शब्द अर्जुन सापकोटा र हरि गिरी विमर्शीले लेखेका हुन् भने संगीत पनि अर्जुनकै रहेको छ। एरेन्ज एचबिएन किस्मतले गरेका छन्।
भिडिओतर्फ मौसम हिमालीको निर्देशन, दिनेश पराजुली र टिमको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ।
यसअघि ‘दुःख साट्म्ला’ सार्वजनिक गरेका अर्जुनले करिब ९ महिनापछि आफ्नो नयाँ अफिसियल गीत लिएर आएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया