मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दाँतमा किरा किन लाग्छ ? समाधानका लागि यसो गर्नुस्

काठमाडौँ-दाँतमा किरा लाग्ने समस्या सानोतिनो लागे पनि, लामो समयसम्म बेवास्ता गर्दा गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्छ।

नेपाललगायत धेरै देशहरूमा यो समस्या सामान्यजस्तै देखिए पनि बालबालिकादेखि वृद्धहरूसम्मलाई सताउने समस्या हो। चिकित्सकीय रूपमा दाँतको किरा भन्नेलाई “डेन्टल क्याविटी” वा “टुथ डिके” भनिन्छ।

दाँतमा किरा किन लाग्छ ?
दाँतमा किरा लाग्नुको प्रमुख कारण मुखको सरसफाइमा लापरवाही हो। तर, यससँगै केही अन्य कारणहरू पनि जिम्मेवार छन् :

१. मिठा परिकारको अत्यधिक सेवन
चिनी, चकलेट, बिस्कुट, पेस्ट्री, कोल्ड ड्रिंकजस्ता खाद्यपदार्थ बारम्बार सेवन गर्नु किरा लाग्ने प्रमुख कारण हो। यी वस्तुहरूले मुखमा ब्याक्टेरिया उत्पादन गर्छन्, जसले अम्ल (एसिड) तयार गर्छ र दाँतको माथिल्लो तह इनामेललाई कमजोर बनाउँछ।

२. दाँत सफा नगर्ने बानी
खाना खाएपछि वा सुतेपछि दाँत नधुने बानीले दाँतमा खानाको कण अड्किन्छ। यी कणमा ब्याक्टेरिया लागेर अम्ल उत्पादन हुन्छ र त्यसले दाँतमा प्वाल पार्न थाल्छ।

३. मुख सुक्खा हुनु (ड्राइ माउथ)
लार (थुक) को कमी हुँदा पनि दाँतमा किरा लाग्ने सम्भावना बढ्छ। थुकले ब्याक्टेरियालाई धोइदिन्छ, तर यसको कमीले ब्याक्टेरिया मौलाउँछ।

४. दाँतको संरचनागत कमजोरी
कसैकसैको दाँतको सतहमा गहिरा रेखा वा प्वालजस्ता संरचना हुन्छन् जसले खानाकण सजिलै अड्काउँछ। यस्ता संरचनाले पनि किरा लाग्न सहयोग गर्छ।

५. भिटामिन र क्याल्सियमको कमी
शरीरमा विशेषगरी भिटामिन डी र क्याल्सियमको कमी हुँदा दाँत कमजोर हुन्छन् र किरा लाग्ने सम्भावना बढी हुन्छ।

दाँतमा किरा लाग्ने समस्या सानोतिनो लागे पनि, लामो समयसम्म बेवास्ता गर्दा गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्छ। नेपाललगायत धेरै देशहरूमा यो समस्या सामान्यजस्तै देखिए पनि बालबालिकादेखि वृद्धहरूसम्मलाई सताउने समस्या हो। चिकित्सकीय रूपमा दाँतको किरा भन्नेलाई “डेन्टल क्याविटी” वा “टुथ डिके” भनिन्छ।

दाँतमा किरा किन लाग्छ ?

दाँतमा किरा लाग्नुको प्रमुख कारण मुखको सरसफाइमा लापरवाही हो। तर, यससँगै केही अन्य कारणहरू पनि जिम्मेवार छन् :

१. मिठा परिकारको अत्यधिक सेवन

चिनी, चकलेट, बिस्कुट, पेस्ट्री, कोल्ड ड्रिंकजस्ता खाद्यपदार्थ बारम्बार सेवन गर्नु किरा लाग्ने प्रमुख कारण हो। यी वस्तुहरूले मुखमा ब्याक्टेरिया उत्पादन गर्छन्, जसले अम्ल (एसिड) तयार गर्छ र दाँतको माथिल्लो तह इनामेललाई कमजोर बनाउँछ।

२. दाँत सफा नगर्ने बानी

खाना खाएपछि वा सुतेपछि दाँत नधुने बानीले दाँतमा खानाको कण अड्किन्छ। यी कणमा ब्याक्टेरिया लागेर अम्ल उत्पादन हुन्छ र त्यसले दाँतमा प्वाल पार्न थाल्छ।

३. मुख सुक्खा हुनु (ड्राइ माउथ)

लार (थुक) को कमी हुँदा पनि दाँतमा किरा लाग्ने सम्भावना बढ्छ। थुकले ब्याक्टेरियालाई धोइदिन्छ, तर यसको कमीले ब्याक्टेरिया मौलाउँछ।

४. दाँतको संरचनागत कमजोरी

कसैकसैको दाँतको सतहमा गहिरा रेखा वा प्वालजस्ता संरचना हुन्छन् जसले खानाकण सजिलै अड्काउँछ। यस्ता संरचनाले पनि किरा लाग्न सहयोग गर्छ।

५. भिटामिन र क्याल्सियमको कमी

शरीरमा विशेषगरी भिटामिन D र क्याल्सियमको कमी हुँदा दाँत कमजोर हुन्छन् र किरा लाग्ने सम्भावना बढी हुन्छ।

६. परिवारको अनुवांशिक असर

कसैकसैमा अनुवांशिक कारणले पनि दाँतमा किरा लाग्ने समस्या देखिन्छ। अभिभावकमा यो समस्या देखिएको छ भने बच्चामा पनि देखिने सम्भावना रहन्छ।कसैकसैमा अनुवांशिक कारणले पनि दाँतमा किरा लाग्ने समस्या देखिन्छ। अभिभावकमा यो समस्या देखिएको छ भने बच्चामा पनि देखिने सम्भावना रहन्छ।

दाँतको किरा लागेपछि देखिने लक्षणहरू
दाँतमा सेतो वा खैरो धब्बा देखिनु
खाना चपाउँदा दुख्ने
चिसो वा मिठो खानाले एक्कासि दुख्ने
मुखबाट गन्ध आउनु
दाँतको सतहमा प्वाल वा कालो भाग देखिनु

समाधान : दाँतको किराबाट बच्ने उपायहरू
१. दैनिक दुईपटक ब्रश गर्नुहोस्
प्रत्येक बिहान उठेपछि र राति सुत्नु अघि फ्लोराइडयुक्त मञ्जन प्रयोग गरेर ब्रश गर्नु सबैभन्दा प्रभावकारी उपाय हो।

२. मिठा खानेकुरा सीमित गर्नुहोस्
बिस्कुट, चकलेट, कोल्ड ड्रिंक्सलगायतका चिनीजन्य पदार्थ कम खाउनुहोस्। खाएपछि तुरुन्तै मुख कुला गर्नुहोस्।

३. धेरै पानी पिउनुहोस्
पानीले मुख सफा राख्न मद्दत गर्छ र थुकको उत्पादन बढाउँछ। लारले दाँतको ब्याक्टेरिया सफा गर्न सहयोग गर्छ।

४. दाँत माझ्न सकस भए फ्लस र माउथवाश प्रयोग गर्नुहोस्
विशेषगरी पछाडिको दाँतमा अड्किएको खानाका कण हटाउन फ्लस प्रयोग गर्नु राम्रो उपाय हो।

५. प्रत्येक ६ महिनामा दन्त चिकित्सककहाँ जाँच गराउनुहोस्
समस्या देखिनुअघि नै जाँच गराउनु राम्रो हुन्छ। दन्त चिकित्सकले दाँतमा सुरुमा देखिएको किरा सफा गरेर भराइ गर्न सक्छन्।

६. सीलन्ट प्रयोग गर्नुहोस् (विशेषगरी बच्चाको लागि)
बालबालिकामा दाँतको सतहमा प्लास्टिकको पातलो लेयर लगाएर कीराको सम्भावना घटाउन सकिन्छ।

७. भिटामिन र क्याल्सियमयुक्त खाना खाऔं
दाँत बलियो राख्न दूध, चीज, हरियो साग, बदाम, दाल, फलफूल खानु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?