मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सिटामोल’ फिल्मको अग्रीम टिकट बुकिङ खुला

काठमाडौं- साउन २३ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ सुरु भएको छ।

देशभरका प्रमुख मल्टिप्लेक्स हलहरूले टिकट बुकिङ खुला गरिसकेका छन् भने केही हलमा छिट्टै खुल्ने तयारीमा छन्। फिल्मको प्रचार सामग्री—पोस्टर, गीत, टिजर र ट्रेलरले दर्शकमाझ बनाएको उत्साहजनक चर्चा र अपेक्षालाई ध्यानमा राख्दै मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्मले ‘सिटामोल’लाई राम्रो शो उपलब्ध गराएका छन्। दर्शकको माग अनुसार शो संख्या थपिँदै जाने निर्माण टिमले जनाएको छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन QFX ले काठमाडौं उपत्यकामा १५ र मोफसलमा १६ गरी कुल ३१ शो दिइसकेको छ। यस्तै, देशको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बीएसआर मुभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, किर्तिपुर सिनेप्लेक्सले २ शो दिइरहेका छन्।

रञ्जना, विश्वज्योति, सिके सिनेमाजलगायतका हलहरूमा पनि बुकिङ खुल्ने क्रममा रहेको छ। निर्माण टिमका अनुसार शुक्रबारसम्म देशभर १५० भन्दा बढी शोमा फिल्म प्रदर्शन हुने अपेक्षा गरिएको छ।

राज बहादुर सानेको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायतका कलाकारको अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यही फिल्मबाट डेब्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुतिमा बनेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन् भने कार्यकारी निर्मातामा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी रहेका छन्।

फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, दिव्य सुवेदीको छायांकन, राकेश दाहालको पोस्टर डिजाइन, देव र शंकर महर्जनको द्वन्द्व निर्देशन तथा मुकेश शाहको साउण्ड डिजाइन रहेको छ।

‘सिटामोल’ले बक्स अफिसमा राम्रो ओपनिङ गर्ने विश्वाससहित देशभर उत्साहजनक शोहरूमा रिलिजको तयारी गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?