मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मोहर’ फिल्मका लागि देशभरका मल्टिप्लेक्समा बुकिङ खुला

काठमाडौं- चुम्बन जंग शाहीद्वारा निर्मित फिल्म ‘मोहर’ को देशभरका प्रमुख मल्टिप्लेक्स हलहरूले अग्रिम बुकिङ खुला गरेका छन्।

फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण भएको यो फिल्मले देउकी प्रथाको कथा बोल्छ र ओम प्रतिकले लेखन तथा निर्देशन गरेका छन्।

फिल्मले देशैभरका मल्टिप्लेक्सहरूमा उल्लेख्य संख्यामा शोज पाएको छ। इलाइट सिनेमा इटहरीमा ४, बीग मुभिजमा २, क्यूएफएक्स छायामा २, आईएनआई लोत्से र आईएनआई बाँनेश्वरमा ३–३, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ४, वान सिनेमाज् कालिमाटीमा २ शोज तोकिएका छन्।

त्यस्तै, एफक्यूब हलमा ३, क्यूएफएक्स राइजिङ मलमा १, बीएसआर मुभिज गंगबुमा ३, क्यूएफएक्स भक्तपुरमा २, क्यूएफएक्स पोखरा ट्रेड मलमा ३, क्यूएफएक्स जलमाल, चितवन सीजी मल, बुटवल, दमौली, विराटनगर, विर्तामोड, जनज्योति पर्सा लगायत थुप्रै सहरहरूमा पनि बुकिङ खुलेको छ।

काठमाडौंका लाबिम मल, सिभिल मल, दरबारमार्ग, सिटी स्वायर, बागेश्वरी र सुनधाराको सीडीसी सिनेमाजमा पनि फिल्मका लागि शोहरू खुलाइएको छ। अझै पनि केही हलहरूले शो तालिका सार्वजनिक गर्न बाँकी रहेकोले, फिल्मले देशभर राम्रो सञ्जाल पाउने अपेक्षा गरिएको छ।

‘मोहर’ मा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको गीतसंगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेकोले बक्स अफिसमा सुखद सुरुवात गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?