मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्से परिसूचक ४१ दशमलव ७८ अङ्कले घट्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८३३ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ४५ प्रतिशतको गिरावट हो ।

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव १७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ०८, विकास बैंक दुई दशमलव ४६, वित्त एक दशमलव ८५, होटल तथा पर्यटन शून्य दशमलव ९९, जलविद्युत् एक दशमलव ७१ र जीवन बिमा एक दशमलव ४२ प्रतिशतले घटेको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ६३, निर्जीवन बिमा एक दशमलव २०, व्यापार एक दशमलव ८५ र अन्य समूह दुई दशमलव ७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?