काठमाडौँ – आधुनिक जीवनशैलीको व्यस्तताबीच थकान र ऊर्जा कमी सामान्य चुनौती बन्न थालेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार, दैनिक जीवनमा अपनाइने केही गलत बानीहरूले शरीरको ऊर्जा स्तरमा गम्भीर असर पार्ने गर्छ, जसले गर्दा मानिसहरू दिनभरि सुस्त, थकित र काम गर्न अनिच्छुक महसुस गर्छन्।
धेरैजसो व्यक्तिहरू पर्याप्त निद्रा र पोषिलो खाना खाँदा पनि किन थकित महसुस हुन्छन् भन्ने जिज्ञासामा हुन्छन्। यसबारेमा विशेषज्ञहरू भन्छन्, “यी लक्षणहरूको पछाडि केही यस्तो बानी हुन्छन्, जसले शरीरको प्राकृतिक ऊर्जा प्रणालीमा बाधा पुर्याउँछन्।”
यी ५ बानीले ऊर्जा चुस्छन्:
१. बिहान ढिलोसम्म सुत्ने बानी
स्वस्थ सर्केडियन रिदम बिग्रँदा शरीरको ऊर्जा सन्तुलन गुम्छ। ढिलो उठ्दा शरीरलाई आवश्यक अक्सिजन प्राप्त हुँदैन। विशेषज्ञहरू सुझाव दिन्छन्– बिहान चाँडै उठेर ताजा हावामा हिँड्नु वा हल्का व्यायाम गर्नु उपयुक्त हुन्छ।
२. क्याफिनको अत्यधिक सेवन
कफी र चिया जस्ता पेय पदार्थ ऊर्जा बूस्टर मानिए पनि अत्यधिक सेवनले निद्रामा बाधा पुर्याउँछ। यसले थकान, बेचैनी र चिडचिडापन बढाउँछ। सीमित मात्रामा सेवन गर्न सल्लाह दिइएको छ।
३. शरीरमा पानीको कमी
डिहाइड्रेसनले रक्तसञ्चारमा अवरोध ल्याउँछ, जसका कारण शरीरका अंगहरूमा अक्सिजन र पोषक तत्त्व पुग्दैनन्। प्रत्येक दुई घण्टामा एक गिलास पानी पिउनु आवश्यक छ।
४. बढी स्क्रिन टाइम, कम शारीरिक गतिविधि
मोबाइल, ल्यापटप वा टिभीको लामो प्रयोगले आँखामा थकान, टाउको दुखाइ र निद्रामा समस्या ल्याउँछ। फिजिकल एक्टिभिटीको कमीले मेटाबोलिज्म सुस्त बनाउँछ। योग, हिँडडुल र हल्का व्यायाम गर्न सुझाव दिइएको छ।
५. नकारात्मक सोच र चिन्ता
निरन्तर तनाव र नकारात्मक सोचले कोर्टिसोल हर्मोनको स्राव बढाउँछ, जसले प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ र ऊर्जा घटाउँछ। ध्यान, सासप्रश्वास अभ्यास र सकारात्मक सोचबाट मानसिक ऊर्जा बढाउन सकिन्छ।
सुझाव:
धेरै तारेको, गुलियो र प्रशोधित खाना तुरुन्त ऊर्जा दिए पनि छोटो समयमै घट्छ।
ताजा फलफूल, तरकारी, साबुत अन्न र प्रोटिनयुक्त आहारले ऊर्जा सन्तुलन कायम रहन्छ।
दैनिक ७–८ घण्टा गुणस्तरीय निद्राको अभावले थकान बढाउँछ, त्यसैले नियमित निद्रामा ध्यान दिन सुझाव दिइन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया