मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तम केसीको‘छातीभित्र मुटु हुन्छ’ सार्वजनिक

काठमाडौं- नेपाली आधुनिक गीतसंगीतमा नयाँ भावनात्मक सिर्जना थपिएको छ। गीतकार उत्तम केसी नेपालको शब्द रचना रहेको ‘छातीभित्र मुटु हुन्छ’ बोलको गीत सार्वजनिक भएको हो। गीतले प्रेम, पीडा र मानवीय संवेदनालाई छर्लङ्ग पार्ने विषयवस्तु समेटेको छ।

ब्राण्ड यू पिक्चर्सको ब्यानरमा निर्माण गरिएको यो गीतको भिडियो ‘चुईचुई पारेर टिभी’ युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। गीतमा सिक्किमकी चर्चित याक्थुङ गायिका अञ्जना नाल्भोको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत तथा संगीत संयोजन पुष्कर सुनुवारले गरेका छन्।

गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङको काम बिप्लव अधिकारीले सम्हालेका छन्। अमर ओलीको निर्देशनमा तयार गरिएको भिडियोमा ज्ञानकुमार कटेलले छायांकन गरेका हुन्।

गीतको भिडियोमा मुकुन्द मैनाली, विनिता भण्डारी, सिद्धान्त बोहरा, मनोज केसी र सानु कान्छा महर्जनले अभिनय गरेका छन्। श्रृंगार मिरा लामाले सम्हालेकी छिन् भने प्रकाश व्यवस्थापन शिव र सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन्।

गीतका निर्माता उत्सव केसी हुन्। टिमको मेहनत र भावनात्मक प्रस्तुति दर्शक–श्रोताको मन छुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?