मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुराना पुस्ताको जीवनशैली झल्काउने सिरिएल ‘घरबार’ युट्युबमार्फत आउने

काठमाडौं- पुराना पुस्ताले बिर्संदै गएका र नयाँ पुस्ताले अझै नदेखेका जीवनका कथाहरु लिएर टेलिसिरिएल ‘घरबार’ आउँदैछ।

वास्तविक जीवनका सत्य घटनामा आधारित यो सिरिएलको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले भाद्र ५ गते बिहिबार रिलिज हुने जानकारी दिएको छ ।

‘घरबार’ टेलिसिरिएलले ६०/७० वर्षअघिको नेपाली समाजको वास्तविकता झल्काउनेछ। पुराना सांस्कृतिक र सामाजिक मूल्य–मान्यताहरु, गाउँघरको जीवनशैली, संघर्ष र आत्मियताका कथाहरु यस टेलिसिरिएलमा समेटिएको निर्माण पक्षको भनाइ छ।

टेलिसिरिएलमा रामकृष्ण बजगाईं, विशाल पहाडी, हिउवाला गौतम, सपना श्रेष्ठ लगायतका पुराना तथा नयाँ कलाकारहरुको दमदार अभिनय देख्न पाइनेछ। टेलिसिरिएलको निर्देशन तथा लेखन देव नेपालले गरेका छन् भने निर्माण दिपेस राज पाण्डेले गरेका हुन । मेकिङ नेपालको ब्यानरमा बनेको टेलिसिरिएल घरबार अफिसिएल युटुब च्यानल मार्फत बजारमा आउने छ। थ्रेटरको मज्जा घरमै बसेर लिन सक्ने सिरिएलर बनेको निर्माण टिमको दावी छ ।

निर्देशक देव नेपालले भने, “‘घरबार’ केवल मनोरञ्जनको लागि मात्र होइन, स्मृतिको धरोहर हो। हाम्रा हजुरबा–हजुरआमाको समयलाई अहिलेका पुस्ताले बुझून् भन्ने उद्देश्यले यो सिरिएल बनाएका हौं। दर्शकले यसमा आफ्नै अंश भेट्नेछन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?