मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको सुधार हो ।

आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव २५, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८ र व्यापार दुई दशमलव ८९ प्रतिशतले बढेको छ ।

विकास बैंक शून्य दशमलव ०६, वित्त शून्य दशमलव ८२, होटल तथा पर्यटन शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।

थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ६ दशमलव ८९ प्रतिशतले बढेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?