मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ताराहरू’मा आशान्तको हाँसो र आँशुको द्वन्द्वपूर्ण लुक्स

काठमाडौँ- आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ताराहरूको नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन् ।

यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएकोमा यो फाइनल पोस्टर हो । अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ ।

निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः शहरको निम्न मध्यम वर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ ।

फिल्मको निर्देशन शर्मा स्वयंले गरेका हुन् । फिल्ममा अन्य कलाकारहरुका रुपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?