मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित

काठमाडौं- नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित गरिएको छ । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको उक्त फिल्म सोमबारदेखि हलहरूबाट हटाइने निर्माण पक्षले जनाएको छ ।

रेबेल फिल्म्स प्रा.लिको ब्यानरमा निर्माण भएको सो फिल्मलाई हलहरूले पर्याप्त शो समय नदिएको भन्दै निर्माण पक्षले प्रदर्शन रोक्ने निर्णय लिएको हो । आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि अधिकांश हलहरूले उपयुक्त शो समय नदिएकाले प्रदर्शन स्थगित गर्नुपरेको जनाइएको छ ।

“बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शो समय नपाएको हुँदा यस्तो कठोर निर्णयमा पुग्नुपरेको हो,” विज्ञप्तिमा उल्लेख छ । साथै, निर्माण पक्षले फिल्मको प्रदर्शन स्थगनले दर्शकमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।

निर्देशक विभोर पोखरेलको निर्देशनमा बनेको उक्त फिल्मले वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका नेपालीहरूको जीवन संघर्ष र भोगाइलाई समेटेको छ ।

फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापाको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?