मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रजनीकान्तको ‘कुली’ ट्रेलर सार्वजनिक, आमिर खानको अप्रत्याशित उपस्थितिले फ्यानहरू चकित

काठमाडौँ – साउथ सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘कुली’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट लामो ट्रेलरमा अभिनेता रजनीकान्त एक्सन अवतारमा देखिएका छन् भने बलिउड स्टार आमिर खानको सरप्राइज उपस्थिति देखिएपछि दर्शकहरू चकित बनेका छन्।

फिल्मको ट्रेलरमा रजनीकान्त एक बदला लिने पात्रका रूपमा प्रस्तुत गरिएका छन्। ट्रेलरमा देखिएअनुसार उनी आफ्ना साथीको हत्याको बदला लिँदै छन्। उक्त साथीको भूमिका अभिनेता उपेन्द्रले निर्वाह गरेका छन्, जो यो फिल्ममार्फत लगभग एक दशकपछि पर्दामा फर्कंदै छन्। अभिनेत्री श्रुति हासन फिल्ममा रजनीकान्तकी छोरीको भूमिकामा देखिएकी छन्।

ट्रेलरको अन्त्यतिर केही सेकेन्डका लागि देखिएका आमिर खान ट्याटु, चश्मा र बन्दुकसहितको एक्सन लुकमा प्रस्तुत भएका छन्। उनको यो लुक र उपस्थिति बारेमा निर्माण पक्षले औपचारिक रूपमा केही खुलाएको छैन तर फ्यानहरू सामाजिक सञ्जालमा आश्चर्य व्यक्त गर्दै प्रशंसा गरिरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “आमिर खान खूनी मास्टर जस्तै देखिँदैछन्,” भने अर्काले प्रतिक्रिया दिएका छन्, “उहाँको प्रवेश आगो जस्तै थियो।”

फिल्म ‘कुली’ लाई चर्चित निर्देशक लोकेश कनगराजले निर्देशन गरेका छन्। फिल्ममा रजनीकान्त, आमिर खान, नागार्जुन, उपेन्द्र, सत्यराज र श्रुति हासन लगायत कलाकारको मुख्य भूमिका रहेको छ। भारतीय केन्द्रीय फिल्म प्रमाणपत्र बोर्ड (CBFC) ले यसलाई ‘A’ सर्टिफिकेट दिएको छ।

फिल्म ‘कुली’ आगामी अगस्ट १४ मा रिलिज हुँदैछ। त्यही दिन बलिउड फिल्म ‘वार २’ पनि प्रदर्शनमा आउँदैछ, जसमा ऋतिक रोशन, जूनियर एनटीआर र कियारा आडवाणी मुख्य भूमिकामा छन्। यसले गर्दा दुबै फिल्मबीच बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?