मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘लडाइँ पहिचानको’को दोस्रो पोस्टर सार्वजनिक, जातीय पहिचान र आन्दोलनको स्वरूप झल्किने

काठमाडौं- जातीय पहिचान, सांस्कृतिक विविधता र प्रेमकथालाई समेटेर तयार गरिएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ।

यसअघि प्रेमिल भाव झल्काउने पोस्टरमार्फत रिलिज मिति घोषणा गरिएकोमा, यसपटक सार्वजनिक पोस्टरमा कथावस्तुको गहिरो सामाजिक सन्देश प्रस्तुत गरिएको छ।

पोस्टरको केन्द्रमा अभिनेता प्रशान्त तामाङलाई आन्दोलनको अगुवाको रुपमा देखाइएको छ भने उनको वरिपरि आक्रोशित भिड र कलाकारहरूको उपस्थिति फिल्मको विषयवस्तुको गम्भीरता उजागर गर्छ। साथमा प्रमुख भूमिकामा देखिने सुवास योञ्जन पनि अग्रपंक्तिमा उभिएका छन्। पोस्टरको माथिल्लो भागमा करिश्मा मानन्धर, प्रेम सुब्बा, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरूलाई प्रस्तुत गरिएको छ।

फिल्ममा धिरेन शाक्यलाई इन्स्पेक्टरको भूमिकामा देख्न सकिन्छ। निर्देशक भीम लामाका अनुसार, आन्दोलनको दृश्य खिच्ने क्रममा प्रयोग गरिएको पानीको फोहराबाट अभिनेता प्रशान्त तामाङ घाइते समेत भएका थिए।

भीम लामा फिल्मस्को ब्यानरमा तयार भएको यो फिल्म २०७८ मंसिर ५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको हो। मुख्य भूमिकामा प्रशान्त तामाङ र नव-नायिका जेनी तामाङ छन्।

यसका साथै फिल्ममा करिश्मा मानन्धर, धिरेन शाक्य, राजेन्द्र खड्गी, सुरबिर पण्डित, प्रेम सुब्बा, किशोर साम्बाहाम्फे, अरुण कुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल, सुदीप लिम्बु लगायत कोशी प्रदेशका दर्जनौँ कलाकारले अभिनय गरेका छन्।

फिल्मको सम्पादन रमेश विश्वकर्माले गरेका छन् भने नृत्य निर्देशन मीन कुमार लिम्बु र सानु राजा लिम्बुले सम्हालेका छन्। एक्सन निर्देशन देव महर्जन र छायांकन मदन घिमिरे कायस्थको रहेको छ।

निर्माण पक्षमा भीम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ छन् भने फिल्म कुबेर सिने डिस्ट्रीब्युटरमार्फत नेपालभर वितरण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?