काठमाडौँ- गायक तथा सर्जक सचिन भट्टराई र गायिका समीक्षा अधिकारीको आवाजमा सजिएको नयाँ गीत ‘कस्की छोरी होला’ सार्वजनिक भएको छ।
सचिनकै शब्द र संगीतमा तयार पारिएको यो गीत समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा कलाकार सुनिल न्यौपाने, मिना बर्तौला, अर्जुन सापकोटा र जुना बिसीको अभिनय देख्न सकिन्छ।
भिडियोको निर्देशन मौसम हिमालीले, छायाङ्कन नवराज उप्रेतीले र सम्पादन मनोज कार्कीले गरेका छन्। गीतमा संगीत संयोजन भने एचबीएन किस्मतले गरेका हुन्।
गीतमा प्रेम र रहस्यका भावलाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शक तथा श्रोतामाझ विशेष आकर्षण ल्याउने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया