काठमाडौं- कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक यथार्थलाई पर्दामा उतार्ने उद्देश्यसहित नयाँ नेपाली चलचित्र ‘रेलको बाटो’ को निर्माण घोषणा गरिएको छ।
कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने चलचित्रको लेखन तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन्। फिल्मको कथा पनि उनले नै तयार पारेका हुन्।
चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा “गाउँपालिका भवन उद्घाटनमा प्रधानमन्त्रीज्यूलाई स्वागत छ” भन्ने ब्यानर देखिन्छ। पोस्टरमा देखिएको “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” भन्ने नाराले राज्यको उपेक्षाप्रति चर्को सन्देश दिन खोजिएको छ।
फिल्ममा संगीत सुरज पण्डितले दिने छन् भने छायांकन निसाल पौडेलले गर्नेछन्। कार्यकारी निर्माता नगेन्द्र घिमिरे रहेका छन् भने चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ।
कर्णालीका विभिन्न जिल्लामा छायांकन गरिने फिल्म २०७८ सालमा प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्माण पक्षले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया