मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्ल्यामर ब्यान्डरोलभन्दा बाहिर: दिशा पटानीको गाईगोठमा माया र मुस्कान

जोयनेपाल
78
Shares

काठमाडौँ – बलिउड अभिनेत्री दिशा पटानी पर्दामा बोल्ड, ग्ल्यामरस र आत्मविश्वासी अवतारमा देखिने कलाकारका रूपमा चिनिन्छिन्। तर पछिल्लो समय उनले सार्वजनिक गरेका केही तस्बिरहरूले दर्शकलाई उनको सरल, मायालु र प्राकृतिक पाटो पनि देख्न मौका दिएको छ।

दिशाले सामाजिक सञ्जालमा गाई र कुकुरसँगको समय बिताइरहेको फोटोहरू सेयर गर्दै जनावरप्रतिको आफ्नो प्रेम झल्काएकी छन्। तस्बिरहरूमा उनी गाईसँग मुस्कानसहित पोज दिइरहेकी छन् भने चंचल कुकुरहरूलाई अँगालो हाल्दै ममता पोखिरहेकी छन्।

सामान्य तर स्टाइलिस पहिरनमा सजिएकी दिशा, कुनै कृतिम्ता बिना, प्रकृतिसँग घुलमिल भएकी देखिन्छिन्। फार्महाउसमा बिताएको त्यो पल, क्यामेरा अगाडि नभएर क्यामेरा पछाडि रहने दिशाको स्वाभाविक, सरल र सान्त रूप दर्शकका लागि नयाँ अनुभूति बन्यो।

दिशा पटानीलाई पर्दामा ‘मलंग’, ‘बागी २’, ‘एम एस धोनी: द अनटोल्ड स्टोरी’ जस्ता फिल्महरूमा ग्ल्यामरस भूमिका निभाएकोमा धेरैले चिनेका छन्। यद्यपि, सामाजिक सञ्जालमा आउने यस्तो आत्मीय तस्बिरहरूले उनको व्यक्तित्वको अर्को पक्ष उजागर गर्छ।

उनले पहिले पनि अन्तर्वार्ताहरूमा जनावरप्रतिको माया र फार्म लाइफप्रतिको झुकाव व्यक्त गरिसकेकी छन्। उनका फ्यानहरूले पनि टिप्पणी गर्दै भनेका छन्, “पर्दामा स्टनिङ, वास्तविक जीवनमा सधैं केयरिङ”।

ग्ल्यामर र करुणा एउटै फ्रेममा देखिएको दिशाको यो रुपले सायद धेरैलाई मानवता र प्रकृतिप्रेमबीचको सुन्दर सम्बन्धसमेत सम्झाइदिएको छ।