मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘जनै हराएको मान्छे’ फिल्मको ‘मसुरीको दाना’ गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छे’ मा समावेश ‘मसुरीको दाना’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ।

हर्क साउदको शब्द रहेको गीतमा गायक एसडी योगीले नै संगीत भरेका छन्। टिपिकल नेपाली शब्दहरूको प्रयोग गरिएको गीत प्रेम कथामा आधारित छ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, र गौरव पहाडी लगायतको प्रस्तुति देख्न सकिन्छ। गीतको भिडियो सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्।

फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगीमगरलगायतका कलाकारको अभिनय छ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा बनेको फिल्मका निर्देशक हिमाल न्यौपाने हुन्। कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेको फिल्म पेपरक्लिपको ब्यानरमा बनेको छ।

.फिल्मका एसोसिएट निर्देशक मनिष राउत हुन्। कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चूडामणि शिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महर्जन छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?