मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टौदहमा कर्कोटक नागको पूजाआजा गर्न भक्तजनको भीड

काठमाडौँ – कर्कोटक नागको बासस्थान मानिने टौदहमा नागको पूजा गर्न आज भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यहाँ मेला भर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

काठमाडौँदेखि करिब नौ किलोमिटर दक्षिणमा रहेको उक्त दहमा नागपञ्चमीका दिन पूजाआजा गरेमा मनोकाङ्छक्षा पूरा हुने मान्यता छ । मानव कल्याणका लागि क्रियाशील कर्कोटक नागलाई दियो, कलशसहित पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन, नैवैद्यसहित सामग्री राखेर पूजा गरिन्छ । यसो गर्दा नाग प्रसन्न भई सुखशान्ति तथा पारिवारिक कल्याण कायम हुने जनविश्वास छ ।

नागको पूजा गर्न भक्तजनको घुइँचो लागेको छ । दह नजिक स्नान गरी धार्मिक अनुष्ठान, पूजा तथा फूल, अक्षतालगायत बारीमा फलेका फलफूल र अन्य वस्तु चढाउने चलन रहेको स्थानीय दीपक नेपालले जानकारी दिए ।

भोटो जात्राका दिन जावलाखेलमा देखाइने भोटो कर्कोटक नागले प्रदान गरेको किंवदन्ती पाइन्छ । दैवी शक्तिका कारण देशभरका नाग आज दहमा आइपुग्ने विश्वास छ ।

प्राचीनकालमा निर्माण भएको दहमा जनैपूर्णिमाको दिनमा पनि स्नान तथा पूजा गर्न मेला लाग्छ । स्थानीयले दहमा विधिपूर्वक पूजा गरेपछि मात्र घरघरमा नागको चित्र तथा तस्बिर टाँसेर पूजा गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?