काठमाडौँ – यशराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गतको फिल्म ‘वार २’ आगामी अगस्ट १४ (साउन २९) मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ।
सन् २०१९ को सुपरहिट ‘वार’को सिक्वेलको रूपमा आउने फिल्ममा ऋतिक रोशन र जुनियर एनटीआर बीचको एक्सन भिडन्त मुख्य आकर्षण हो।
फिल्ममा कियारा आडवाणी, अनिल कपूर र आशुतोष राणा पनि प्रमुख भूमिकामा छन्। निर्देशक अयान मुखर्जी रहेको यो फिल्मको बजेट करिब ४०० करोड भारू रहेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकले ५० करोड पारिश्रमिकसहित नाफाबाट हिस्सेदारी पाउने छन्, जुनियर एनटीआरले ७०–७५ करोड, कियाराले १५ करोड, अनिल कपूरले १० करोड र निर्देशक मुखर्जीले ३०–३२ करोड भारू पारिश्रमिक लिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया