काठमाडौँ- नेपाली सिनेमा क्षेत्रमा नयाँ उत्साह थप्दै निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘राम नाम सत्य’ अब छायांकनमा जान तयारी अवस्थामा पुगेको छ। गत वर्ष निर्माणको घोषणा गरिएको यो फिल्म अब औपचारिक रूपमा अगाडि बढ्दैछ।
फिल्ममा ताजा अनुहारको रूपमा टिकटकर आयुष सिंह ठकुरी डेब्यू गर्दैछन्। उनले आज निर्माण पक्षसँग कागजी सम्झौता गरेका छन्। आयुषले यसअघि थुप्रै फिल्मको प्रस्ताव अस्वीकार गर्दै ‘राम नाम सत्य’बाटै अभिनय यात्रा सुरु गर्ने निर्णय लिएका हुन्।
“फिल्मको कथा र मेरो भूमिका दुवै पावरफूल छन्। त्यसैले यो फिल्म रोजेको हुँ,” ठकुरीले संझौता पश्चात मिडियासँग भने।
निर्देशक चन्दका अनुसार आयुष हालैदेखि एक्सन प्रशिक्षण लिइरहेका छन् भने चाँडै अभिनय कक्षा पनि सुरु गर्नेछन्। “उनी निकै मिहिनेत गरिरहेका छन्,” निर्देशक चन्दले बताए।
चलचित्रमा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी र रवि गिरीजस्ता चर्चित कलाकारहरूको सहभागिता पहिले नै सुनिश्चित भइसकेको छ। निर्माण पक्षका अनुसार अब एक जना मुख्य अभिनेत्री फाइनल गरेपछि कलाकारहरूको टिम पूरा हुनेछ।
साउन २९ गते शुभ साइतमा छायांकन सुरु हुने फिल्म काठमाडौं र चितवनमा खिचिनेछ।
निर्माता: उपेन्द्र शाही र स्वेता विमली,सह–निर्माता: किशोर भट्ट निर्देशक: माइकल चन्द,डीओपी: सञ्जय लामा,संगीत: अर्जुन पोखरेल हेड अफ प्रोडक्सन: तेज विक्रम केसी,प्रोडक्सन कन्ट्रोलर: नविन जंग शाह,ब्यानर: माइकल इन्टरटेन्मेन्ट हाउस रहेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रलाई एक्सन, सस्पेन्स र प्रेमकथाको समिश्रणमा तयार पारिनेछ। सशक्त स्क्रिप्ट र अनुभवसहितको निर्माण टोली रहेको यो फिल्मलाई दर्शकले चाँसोका साथ पर्खिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया